०७१।७२को बार्षिक समिक्षा बैठक निर्णय र सारंस

जिल्ला विकास समितिको कार्यलय तेह्रथुमको आयोजनामा जिल्ला स्थित सरोकारवाला सरकारि कार्यलय,विषयगत कार्यलय, तथा गै.स.स हरुको बार्षिक समिक्षा गोष्ठि  विषयगत कार्रायलयका प्रतिनिधि,राजनैतिक दल, तथा अन्य सरोकार वालाहरुको उपस्थितिमा सम्पन्न भएको छ। स्थानीय विकास अधिकारी श्री प्रल्हाद कुमार कार्की ज्युको अध्यक्षतामा सम्पन्न गोष्ठीको मुख्य निर्णयहरु तपशिल बमोजिम रहेका छन।

१. जिल्लाका धेरैजसो योजना कार्यक्रम स्थानीय उपोभोक्ता समिति गठन गरि कार्यन्वयन गर्नुपर्ने निति रहेकोमा कतिपय योजनाहरुको उपोभोक्ता समिति गठन नभई आ.व.को तेस्रो चौमासिकमा मात्र योजना सम्झौताका लागि सम्पर्कमा आउने देखिएको हुदा निर्माण कार्यको गुण्स्तर कायम गर्न र खर्च प्रतिशत कायम राख्न कठिनाई हुने हुंदा त्यस्ता कार्यलाई निरुत्साहित गरि समयमानै विवाद रहित उ.स. गठन गरी कार्यन्वयन गर्न आ-आफ्नो निकाय बाट पहल गर्ने ।
२. बार्षिक समिक्षाको छलफलका क्रममा आ.व. ७१।७२मा जिविसको कार्यलय तेह्रथूम द्धारा सेवा प्रवाह भएको विषयमा कार्यलयको न्यूनतम शर्त तथा कार्य सम्पादन मापन MC/PM मुल्याङकनमा चौथो स्तरकाे स्थान प्राप्त गरि थप अनुदानको ८५% मात्र अनुदान प्राप्त गर्न सफल भएकोमा आगामि दिनहरुमा अग्र स्थान हासिल गर्न पहल प्रयत्न गर्ने।

Skip to toolbar