पुर्व योजना तर्जुमा बैठकका निर्णयहरु

आज मिति २०७३।०८।१६ गतेका दिन जिबिस तेह्रथुमका प्रमुख एवं स्था.वि.अ श्री प्रल्हाद कुमार कार्की ज्यूको अध्यक्षातामा जिबिस तेह्रथुमको वैठक बसि निम्नाअनुसारको निर्णय गरियो।

निर्णय नं १– सभागितात्मक योजना तर्जुमा प्रकृया अन्तरगत जिल्ला विकास योजना २०७४÷७५ तर्जुमा गर्ने शिलसीलामा आजको योजना तर्जुमा बैठक सम्पन्न भयो । बैठकमा राष्ट्रिय योजना आयोजबाट प्राप्त भएको मार्ग दर्शन र सङघीय मामीला तथा स्थानीय विकास मन्त्रालयबाट प्राप्त बजेट परिकल्पना, लक्ष, उद्देश्य, रणनिति र प्राथमिकताको विषयमा सहभागितात्मक योजना तर्जुमा प्रकृया योजनाको अवधारणा योजना तर्जुमा पात्रो स्थानीय निकाय श्रोत परिचालन तथा कार्य व्यवस्थापन कार्यविधिमा २०६९ मा भएको योजना तथा कार्यक्रमहरुको प्राथमिकताक्रम निर्धारण तथा योजना तर्जुमा प्रकृयाको व्यवस्थाहरु र गाविसलाई आ.व २०७४÷७५ मा प्राप्त हुने वजेट सिलीङ्ग समेत विषयमा स्था.वि.अ श्री प्रल्हाद कुमार कार्कीबाट प्रस्तुत भई छलफल गरियो ।
निर्णय नं २– जिल्ला विकास समितिको कार्यालय तेह्रथुमद्वारा हाल सम्मको कार्य प्रगतिका विषयमा प्रथम चौमासिक अवधिको समिक्षा समेत गरियो
निर्णय नं ३– गाविस सचिव लगायत सरोकारवालालाई वस्ती स्तरमा भर्नु पर्ने योजना माग फाराम भर्ने अभ्यास समेत गराईयो । जिल्ला÷नगर÷ गाउ विकास योजना तर्जुमा गर्दा आवधिक योजनाले निर्धारण गरेका प्राथमिकता लक्ष उद्देश्य र रणनिती समेतलाई मार्ग दर्शन मानी राष्ट्रिय योजना आयोगबाट प्राप्त मार्ग दर्शन जिल्ला यातायात गूरु योजना, शिक्षा योजना, कृषि योजना समेतका आधारमा देहाय वमोजिम प्राथमिकता दिई तपशिलका सुचकका आधारमा योजनाहरुको छनौट तथा प्राथमिकता गरि जिल्ला÷नगर÷तथा गाउ विकास योजना तर्जुमा गर्ने निर्णय गरियो ।
तपशिल
(क) उत्पादन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने ।
(ख) गाउँका जनताको जीवनस्तर आम्दानी र रोजगारी वढाउने तथा प्रत्यक्ष लाभ हुने गरी र गरिवी न्यूनिकरणमा सहयोग पु¥याउने ।
(ग) पिछडिएका वर्ग तथा महिला वालवालिकालाई प्रत्यक्ष लाभ पु¥याउने ।
(घ) वातावरणिय संरक्षण तथा सम्बद्धमा सघाउ पु¥याउने ।
(ङ) जिविस तथा गाविसले जिल्ला÷गाउँस्तरको विपद व्यवस्थापन गर्ने गरी वजेट कार्यक्रम तर्जुमा गर्ने ।
(च) क्रमागत एवं अधुरा रहेका कार्यक्रम÷ आयोजनाहरु तथा थोरै रकममा मर्मत सम्भार गरी पूनः संचालनमा ल्याउन सकिने कार्यक्रम वा आयोजनाहरु ।
(छ) गाउँ विकास योजना र जिल्ला विकास योजना तथा जिल्ला यातायत गुरु योजना र अन्य क्षेत्रगत योजनाले निर्दिष्ट गरेका विषयहरु ।
(ज) सामाजिक परिचालनको माध्यमबाट पहिचान गरिएका लक्षित समुहका मागलाई सम्बोधन गरिने विषयहरु ।
(झ) स्थानीय श्रोत, साधन, श्रम शिप र प्रविधि प्रयोग हुने प्रकुतिका तथा तत्काल रोजगार श्रृजना गर्ने एवं आय आर्जनमा वढवा दिने विषयहरु ।
(ञ) प्रतिस्पर्धात्मक तथा तुलनात्मक लाभका वस्तु तथा सेवाको उत्पादन तथा प्रवद्धन हुने कृषि, गैर कृषि र सेवा क्षेत्रका कार्यक्रम वा आयोजनाहरु ।
(ट) स्थानीय निकायको आन्तरीक आय बृद्धि गर्ने कार्यक्रमहरु ।
(ठ) समान प्रकृतिका आयोजनाहरु मध्ये वढि जनसहभागिता एवं लागत सहभागिता जुटाउन सकिनेहरु ।
(ड) चेतना अभिबृद्धि संस्थागत क्षमता अभिबृद्धिको कार्यक्रम तथा तालीमहरु ।
(ढ) सामुदायिक संस्था उपभोक्ता समितिहरु द्वारा नै संचालन गर्न सक्ने आयोजनाहरु ।

निर्णय नं ४ ः– स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ ले तोके वमोजिमको लक्षित वर्ग भनि तोकेको वर्ग समुह विकासका लागि जिल्ला विकास समिति तेह्रथुमले तय गरेको लक्षित वर्ग सम्बन्धी नीति २०७० वमोजिम आगामी आ.व २०७३÷७४ को गाउ, नगर, जिल्ला विकास योजना तयार गर्दा तपशिल वमोजिमका आधारहरुमा योजना छनौट तथा प्रथमिकिकरण गर्ने निर्णय गरियो ।
तपशिल
१) ८०% भन्दा माथी गरिव तथा पिछाडि पारीएका दलित तथा जनजातीहरुको वसोवास भएका घरधुरीबाट माग भै आएका योजनाहरुलाई ५ अङ्क ।
२) ६०% – ८०% सम्म गरिव तथा पछाडि पारीएका दलित तथा जनजातीहरुको वसोवास भएका घरधुरीबाट माग भै आएका योजनाहरुलाई ४ अङ्क ।
३) ४०%–६०% सम्म गरिव तथा पछाडि पारीएका दलित तथा जनजातीहरुको वसोवास भएका घरधुरीबाट माग भै आएका योजनाहरुलाई २ अङ्क ।
४) ४०% सम्म गरिव तथा पछाडि पारीएका दलित तथा जनजातीहरुको वसोवास भएका घरधुरीबाट माग भै आएका योजनाहरुलाई १ अङ्क ।

निर्णय नं ५ ः– सहभागितात्मक योजना तर्जुमा प्रकृया वमोजिम जिल्ला विकास योजना २०७४÷७५ तर्जुमा गर्न देहाय अनुसार योजना तर्जुमा पात्रो  अनुसार गरि जिल्ला विकास योजना तर्जुमा गर्ने निर्णय गरियो ।

तपशिल

योजना तर्जुमा तालिका

 

Skip to toolbar